• ट्रेण्डिङ्ग :
बाँकेमा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

बाँकेमा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु


  • 5.2K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    बाँकेमा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं,२० जेठ । बाँकेको कोहलपुर नगरपालिका १५ अक्कलघरुवामा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    images

    सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा गएराति साढे ११ बजे भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक बाँकेको खजुरा गाउँपालिका ५ का ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।

    गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालकलाई अस्थायी प्रहरी पोष्ट हबल्दारपुर बाँकेले नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप