• ट्रेण्डिङ्ग :
यूरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिबन्ध

यूरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिबन्ध


  • 6.0K
    SHARES
    • जेठ २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    यूरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिबन्ध

    काठमाडौं,२१ जेठ। यूरोपेली संघले शुक्रबार रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने औपचारिक निर्णय गरेको छ ।
    रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दवाव दिएको हो ।
    रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ ।

    images

    यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । रूसले यूक्रेनमाथि आक्रमण गरेकोमा धेरै देशले विरोध जनाएका छन् भने अधिकांश अन्तर्राष्ट्रिय निकायहरूले वार्तामार्फत् विवाद अन्त्य गर्न आग्रह गर्दैआएका छन् । रूसले यूक्रेनमा आक्रमण सुरु गरेपछि विश्व राजनीति र अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ । इन्धन व्यापारमा प्रभाव परेकाले विश्वका धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर परेको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप