काठमाडौं,२२ जेठ ।भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका–१ मनहरा सुकुम्बासी टोलमा शनिबार दिउँसो तार मिलाउने क्रममा करेन्ट लागेर ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनको आफ्नै एक तले घरमा ढलान गर्न ढलानको तार मिलाउने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।घाइते भएका उनको समिट अस्पतालमा उपचारको क्रममा साढे ४ बजे मृत्यु भएको पाण्डेले बताए। घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
