काठमाडौं,२३ जेठ । बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडीमा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किंदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गएराति पौने १२ बजे आपसमा ठोकिएका थिए ।दुर्घटनामा गम्भिर घाइते भएका ३३९८ नम्बरका मोटरसाइकल चालक कोहलपुर नगरपालिका–२, बाँकेका २९ वर्षीय खड्क गुरुङको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकल पछाडि सवार कोहलपुर २ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका ८ का ३८ वर्षीय दल बहादुर सारु घाइते छन् । उनीहरुको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको छ ।
