• ट्रेण्डिङ्ग :
नेकपा विप्लवले आन्दोलनका कार्यक्रम  घोषणा गर्‍यो 

नेकपा विप्लवले आन्दोलनका कार्यक्रम  घोषणा गर्‍यो 


  • 8.9K
    SHARES
    • जेठ २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    नेकपा विप्लवले आन्दोलनका कार्यक्रम  घोषणा गर्‍यो 

    काठमाडौं,२३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । एमसीसी सम्झौता, महँगी, किसानका मलबीउ समस्यालगायतका विषय उठाउँदै जेठ २५ देखि असार ५ सम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले  विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

    images

    घोषित कार्यक्रम अनुसार राजमार्गमा विरोध प्रदर्शन, एमसीसी कार्यालय र जिल्ला सदरमुकाममा घेराउ र प्रदर्शन, बन्दी रिहाइको पक्षमा मशाल जुलुस, महँगीविरुद्ध देशव्यापी प्रदर्शन छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्टबाट धर्मेन्द्र बास्कोटा, हेमन्तप्रकाश वली लगायत अलग्गिएर नेकपा बहुमत बनाइसकेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप