• ट्रेण्डिङ्ग :
मुस्ताङ जिससमा एमालेको प्यानल नै निर्विरोध

मुस्ताङ जिससमा एमालेको प्यानल नै निर्विरोध


  • 7.2K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    मुस्ताङ जिससमा एमालेको प्यानल नै निर्विरोध

    काठमाडौं,२४ जेठ । जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत भएका हुन् ।  ५ पालिका रहेको मुस्ताङमा एमालेको ७ भोट र कांग्रेसको ३ भोट छ । एमालेले आइतबार नै आफ्ना उम्मेदवार टुंगो लगाएको थियो ।

    images

    एमालेले प्रमुखमा वारागुङ मुक्तिक्षेत्र १ की वडा सदस्य माया गुरुङलाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा घरपझोङ ३ का आइतेलाल थकालीलाई पठाएको छ । सदस्यहरुमा उमेश विक, शान्ता कुमारी विक र टसी ल्हामो सेन्चुरीलाई उम्मेदवार उठाएको छ । अर्को सदस्य राप्रपालाई दिएको छ । राप्रपाबाट विमला परियार उम्मेदवार बनेकी छिन् ।


    तेस्रो आँखा
    लेखकबाट थप