• ट्रेण्डिङ्ग :
बारामा जग्गा नाप्ने विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु, २ जना पक्राउ

बारामा जग्गा नाप्ने विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु, २ जना पक्राउ


  • 5.2K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    बारामा जग्गा नाप्ने विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु, २ जना पक्राउ

    काठमाडौं,२४ जेठ ।  बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो ।

    images

    प्रभुको मृत्युपछि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो ।
    विवाद चर्कदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा राति साढे ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप