• ट्रेण्डिङ्ग :
दिनमा ५० भन्दा बढीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने पोखरा यातायात कार्यालयको भनाइ

दिनमा ५० भन्दा बढीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने पोखरा यातायात कार्यालयको भनाइ


  • 7.9K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    दिनमा ५० भन्दा बढीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने पोखरा यातायात कार्यालयको भनाइ

    काठमाडौं, २४ जेठ । यातायात व्यवस्था कार्यालय कास्कीले तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको छ । मंगलबार एक सूचना जारी गरी कार्यालयले आफूहरुसँग सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्ति नभएको भन्दै सबैलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको हो । 

    images

    पोखरास्थित यातायात व्यवस्था कार्यालयले नयाँ र सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट दिन सकिने बताएको छ । कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि हाल यस कार्यालयमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य सुचारु रहने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।’

    pokhara.jpg

  • सम्बन्धित विषय:

  • # इम्बोस्ड नम्बर प्लेट

  • तेस्रो आँखा
    लेखकबाट थप