• ट्रेण्डिङ्ग :
आगामी मंसिरमा आमनिर्वाचन हुन्छ – प्रवक्ता महत 

आगामी मंसिरमा आमनिर्वाचन हुन्छ – प्रवक्ता महत 


  • 9.2K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    आगामी मंसिरमा आमनिर्वाचन हुन्छ – प्रवक्ता महत 

    काठमाडाैं,२४ जेठ ।  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मंसिरमा आम निर्वाचन हुने बताएका छन् ।  नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को एसिया प्यासफिक अन्तरगत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै कार्यकारी सदस्यमा निर्वाचित बद्री सिग्देललाई बधाई दिने कार्यक्रममा डा महतले प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको संकेत गरिसकेको बताएका हुन् ।  

    images

    उनले भने, ‘आगामी मंसिरमा चुनाव हुँदैछ, प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापतिले संकेत गरिसक्नुभएको छ । केही समयमा औपचारिक घोषणा हुँदैछ ।’ स्थानीय तहमा भएको गठबन्धन समग्रमा सफल भएको भन्दै उनले आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने विश्वास व्यक्त गरे । गठबनधनको औचित्य अझै रहेको भन्दै महतले  स्थानीय चुनावमा केही असन्तुष्टिहरु देखिएपनि समग्रमा गठबन्धन सफल रहेको बताए ।  गठबन्धमा आवद्ध सबै दलहरु ओलीको असंबैधानीक कदमको विरुद्धमा लागेकाले कोही असन्तुष्ट हुनु पर्ने कारण नरहेको उनले प्रष्ट पारे । 

    बब.jpg

    पार्टी प्रवक्ता महतले नेपाल प्रेस युनियनको महाधिवेशन आगामी साउन ६ र ७ गते हुने कुरामा दुविधा नगरी तयारीमा लाग्न निर्देशन दिए । नेपाल प्रेस यु्नियनका अध्क्ष तथा आइएफजेका नव निर्वाचित सदस्य बद्री सिग्देलले निकै लामो समयपछि अन्तराष्ट्रिय पत्रकार महासंघमा प्रेस युनियनले कार्यकारी भूमिका पाउँनु देशभरका प्रेसयुनियनकर्मी साथिहरुको शिर उच्च भएको बताए ।कार्यक्रम राखेर बधाई ज्ञापन गर्ने नेपाल प्रेस युनियन केन्द्रीय समिति लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै उनले युनियननको ९ औं महाधिवेशन साउन ६ र ७ मा हुने निश्चित भएकाले प्रचारप्रसार र आवश्यक तयारीमा जुट्न अनुरोध गरे ।

    खख.jpg

    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले लोकतन्त्र, प्ररेस स्वतन्त्रता र श्रमअधिकारको पक्षमा काम गर्दै आएको अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) मा ३१ वर्ष पछि नेपाल प्रेस युनियनले कार्यकारी भूमिका पाउनुले नेपालमा प्रेस तथा अधिव्यक्ति स्वतन्त्रता,लोकतन्त्र र श्रम अधिकारका विषयलाई उचाइमा पुर्याउन सहयोग पुग्ने बताए ।  कार्यकारी सदस्यमा निर्वाचित युनियनका अध्यक्ष सिग्देललाई बधाई दिदै लोकतन्त्रलाई बलियो बनाउँने कुरामा आइएफजेको सदस्य संस्था भएकाले नेपाल पत्रकार महासंघ संघसंगै रहने बताए ।  


    तेस्रो आँखा
    लेखकबाट थप