• ट्रेण्डिङ्ग :
विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान

विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान


  • 8.6K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान

    काठमाडौं,२५ जेठ ।  विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले निवेदन आह्वान गरेको छ ।
    काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन आह्वान गरिएको हो ।

    images

    सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथै लोपोन्मुख, आदिवासी जनजाति र दलित समुदाय खुल्ने परिचय पत्रको प्रतिलिपि र सिफारिस ऊर्जा प्रवर्धन केन्द्रमा पेस गर्नुपर्नेछ । असार ९ गतेसम्म निवेदन दिन सकिनेछ । यसअघि २०७८ फागुन ९ गतेको सूचना अनुसार माग पेस गरेका विद्यार्थीले भने पुन:निवेदन दिन नपाउने केन्द्रले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप