• ट्रेण्डिङ्ग :
बिहीबार देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना 

बिहीबार देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना 


  • 5.5K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    बिहीबार देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना 

    काठमाडौं,२६ जेठ । बिहीबार देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, मधेस, बागमती र गण्डकी प्रदेशका केही  स्थानमा वर्षा हुनेछ। 
    यस्तै, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    images

    प्रदेश–१, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।  विभागका अनुसार नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ। 


    तेस्रो आँखा
    लेखकबाट थप