• ट्रेण्डिङ्ग :
कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध


  • 5.7K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

    काठमाडौं,२६ जेठ । जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका  छन् । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो । 

    images

    जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयनभएकी छन् । जिसस सदस्यहरुमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध  निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन् । 


    तेस्रो आँखा
    लेखकबाट थप