• ट्रेण्डिङ्ग :
भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित एकजना पक्राउ

भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित एकजना पक्राउ


  • 6.3K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित एकजना पक्राउ

    काठमाडौं,२६ जेठ । शरीरमा लगाएको भित्री वस्त्र कट्टुमा फल्स पकेट बनाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

    images

    कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए ।उनका अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा सामान चेकजाँच गरिएको थियो ।

    त्यतिवेला उनको भित्री वस्त्र शंकास्पद लागेपछि खनतलासी गर्दा फल्स पकेट बनाएर सुन लुकाएको पाइएको थियो । भट्टराईका अनुसार उनको कट्टुमा विष्कुट आकारको सुन ४ वटा गरी जम्मा ४६६/५ ग्राम बरामद भएको थियो । साथै, सिक्री आकारको ५० ग्राम सुन पनि बरामद भएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप