• ट्रेण्डिङ्ग :
चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु


  • 9.8K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

    काठमाडौं, २६ जेठ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका–३ मधुवनमा आज दुई जनाको मृत्यु भएको छ । गाईबस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

    images

    वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप