• ट्रेण्डिङ्ग :
पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध


  • 7.3K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

    काठमाडौं,२७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । 

    images

    गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए। करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप