काठमाडौं,२७ जेठ । पर्वतारोही र पर्वतारोहण व्यवसायमा आवद्ध व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान जारीे छ ।सङ्घको अध्यक्ष पदका लागि पर्यटन व्यवसायी निमानुरु शेर्पा र राजेन्द्रमान श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन् । शेर्पाले प्यानलसहित उम्मेदवारी दिएका छन् भने श्रेष्ठको अध्यक्षमा मात्रै उम्मेदवारी परेको छ । सङ्घको निर्वाचनमा दुई समूहले प्यानलसहित उम्मेदवारी दिएको छ ।अध्यक्षसहित पदाधिकारी र सदस्य पदका लागि शेर्पा समूहले उम्मेदवारी मनोनयन गराएको छ ।
यस्तै पर्वतारोही माया शेर्पा समूहले पनि छुट्टै मनोनयन दर्ता गराएको छ । यद्यपि माया शेर्पाले अध्यक्षमा निमानुरु शेर्पालाई समर्थन गर्न भएको छन् । शेर्पा नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा याङजुङ शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे उम्मेदवार छन् । त्यस्तै सदस्यमा सिङ्गी लामा, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नामग्याल जाङ्बु शेर्पा, नोर्बुछिरिङ शेर्पा (लामा), पासाङदावा शेर्पा, दिनेश तामाङ, उर्गादेवी श्रेष्ठ, डोमा शेर्पा, पिताम्बर गुरुङ र ङिमा डोमा शेर्पा छन् ।
मार्या शेर्पा समूहबाट वरिष्ठ उपाध्यक्षमा माया शेर्पा (पर्वतारोही), प्रथम उपाध्यक्षमा नुरू जाङबु शेर्पा, द्वितीय उपाध्यक्षमा साकी तामाङ, महासचिवमा आङपेम्वा शेर्पा, सचिवमा शिवबहादुर सापकोटा, कोषाध्याक्षमा फुरीगेल्जेन शेर्पा रहेका छन्। त्यसैगरी सदस्यमा पेम्बा शेर्पा, कान्छानुर्बु शेर्पा, पासाङ शेर्पा, दावाटसी शेर्पा, ल्हाक्पादेण्डी शेर्पा, दाबुटी शेर्पा, आङदावा शेर्पा, चेङाछिरिङ शेर्पा, फुरदिकी शेर्पा, लक्मी तामाङ र किसान गुरुङ छन् । प्रज्ञा भवनमा विहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका छन् । अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुनलागेको सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।
