• ट्रेण्डिङ्ग :
जिप दुर्घटना हुँदा दुईको मृत्यु

जिप दुर्घटना हुँदा दुईको मृत्यु


  • 7.3K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    जिप दुर्घटना हुँदा दुईको मृत्यु

    काठमाडौं,२७ जेठ । जिल्लाको जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य नौ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।

    images

    सुर्खेतबाट जुनीचाँदे केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च०३४१ नं को जिप वडा नं ५ को गर्खाकोट (वेलपुइना)भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिपमा ११ जना सवार रहेका थिए ।

    घाइतेहरूको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रवक्ता नेपालीले बताए । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टरसमेत घटनास्थलमा पुग्ने बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप