• ट्रेण्डिङ्ग :
ग्रामीण कृषकको जीवनस्तर उकास्न बाख्रा वितरण

ग्रामीण कृषकको जीवनस्तर उकास्न बाख्रा वितरण


  • 5.9K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    ग्रामीण कृषकको जीवनस्तर उकास्न बाख्रा वितरण

    काठमाडौं,२८ जेठ । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ५०० बाख्रा वितरण गरेको छ । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत उक्त बाख्रा वितरण गरिएको नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिइन् ।

    images

    “नगरवासीलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप बाख्रा वितरण गरिएको हो”, उनले भनिन्, “विसं २०७४ यता ५०० बाख्रा र १६५ खोर निर्माण गरिएको छ ।” बाख्राको खोर निर्माणका लागि मात्र रु ४१ लाख खर्च भएको उनले बताइन ।

    नगरप्रमुख पवित्रा महतारा प्रसार्इंले ग्रामीण क्षेत्रका कृषकको जीवनस्तर उकास्न यो कार्यक्रम ल्याइएको बताइन् । “यस कार्यक्रमबाट धेरै कृषकले लाभान्वित भएका छन्”,। कुनै पनि कारणले बाख्रा म¥यो भने त्यसको प्रमाणसहित आएमा अर्को बाख्रा उपलब्ध गराइने उनले बताइन् । यसैबीच, नगरपालिकाले वडा नम्बर ८ मा १५ जना कृषकलाई तीन वटाका दरले ४५ वटा र किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहलाई एउटा बोयर जातको बीउ बोका वितरण गरेको छ ।

    यसअघि बाख्रा प्राप्त गरेको वडा नम्बर ७ को श्रीजङ्घा बाख्रापालन कृषक समूह र हरियाली बाख्रापालन समूहले आफ्नो दायित्वअनुसार फिर्ता गरेको बाख्रा किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहका कृषकलाई वितरण गरिएको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप