• ट्रेण्डिङ्ग :
नेसन्स लिगमा जर्मनीको तेस्रो बराबरी

नेसन्स लिगमा जर्मनीको तेस्रो बराबरी


  • 4.9K
    SHARES
    • जेठ २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    नेसन्स लिगमा जर्मनीको तेस्रो बराबरी

    काठमाडौं,२९ जेठ । युईएफए नेसन्स लिगमा जर्मनीले लगातार तेस्रो बराबरी खेलेको छ । लिग ए अन्तर्गत समूह सी को खेलमा जर्मनीले शनिबार हंगेरीसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

    images

    जोट नागेले खेलको छैटौं मिनेटमै गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । तर जोनास होफम्यानले नवौँ मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काए । जर्मनीले यसअघि इटली र इङ्ग्ल्याण्डसँग पनि बराबरी खेलेको थियो । लगातार तीन बराबरीपछि ३ अंक जोडेको जर्मनी समूह तेस्रो स्थानमा छ ।

    हंगेरी ४ अंङ्कसहित दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा इटली र इंग्ल्याण्डले गोलरहित बराबरी खेलेका छन् । दुवैको यो दोस्रो बराबरी हो भने इंग्ल्याण्ड अझै पहिलो जितको खोजीमा छ । एक जित र दुई बराबरीबाट ५ अंक जोडेर इटली समूहको शीर्ष स्थानमा छ । इंग्ल्याण्ड २ अंकसहित पुछारमा छ ।


    तेस्रो आँखा
    लेखकबाट थप