• ट्रेण्डिङ्ग :
जिसस बर्दियामा कांग्रेसका उम्मेदवार निर्विरोध

जिसस बर्दियामा कांग्रेसका उम्मेदवार निर्विरोध


  • 5.7K
    SHARES
    • जेठ २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    जिसस बर्दियामा कांग्रेसका उम्मेदवार निर्विरोध

    काठमाडौ.,२९ जेठ । जिल्ला समन्वय समिति बर्दियाको प्रमुखसहित अन्य पदमा  नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

    images

    निर्वाचित हुनेमा प्रमुख पदमा सूर्यबहादुर विष्ट, उपप्रमुखमा अमिताकुमारी यादव, सदस्यमा तीर्थप्रसाद जैसी, विनय राजभण्डारी, पुरैलाल थारू छन् ।

    यसैगरी महिला सदस्यतर्फ खगिसरा कामी, छविभाट क्षेत्री र विमला थारू र दलित वा अल्पसङ्ख्यक सदस्यमा सुनिता नेपाली निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजङ्ग शाहले जानकारी दिए । उनका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम प्रमुख, उपप्रमुख तथा सदस्य पदमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्  ।


    तेस्रो आँखा
    लेखकबाट थप