• ट्रेण्डिङ्ग :
वर्तमान सरकारको छिमेक नीति ठीक भएन : एमाले उपमहासचिव ज्ञवाली

वर्तमान सरकारको छिमेक नीति ठीक भएन : एमाले उपमहासचिव ज्ञवाली


  • 5.1K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    वर्तमान सरकारको छिमेक नीति ठीक भएन : एमाले उपमहासचिव ज्ञवाली

    काठमाडौं,३० जेठ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग वर्तमान सरकारको नीति ठीक नभएको टिप्पणी गरेका छन् ।सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले भने, ‘बीआरआई अनुदान पाए लिने नत्र नलिने ।

    images

    सित्तैमा पार अलकत्रा खाने? चीनसँग वर्तमान सरकारको नीति ठिक भएन ।’ ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्ने उनको धारणा छ । ‘हामीले कुनै सहायता सित्तैमा पाइए पनि लिनु हुँदैन तर, आवश्यकता पर्‍यो भने ऋण पनि लिने हाम्रो नीति हो,’ उनले भने । तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाएको भन्दै उनले प्रश्न गरे ।

    ‘उहाँ अरू पनि विषय हेर्नुहुन्छ होला तर छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामीले गर्दैछौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ,’ उनले भने, ‘समग्रमा भन्दा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक भइरहेको छैन ।’ राजदूत पठाउने विषयमा पनि कुनै देशमा तुरुन्तै र कुनै देशमा नपठाए पनि हुन्छ जस्तो गरिएको भन्दै उनले सरकारको कार्यशैलीको आलोचना गरे । भारतले हडपेको कालापानी लगायतका भूमि फिर्ता लिन सरकारले चासो नदिएको तर समस्या नै नभएको चीनसँगको सीमाबारे अध्ययन गरेको भन्दै ज्ञवालीले उक्त अध्ययनको नतिजा के आयो भनेर प्रश्न गरे ।


    तेस्रो आँखा
    लेखकबाट थप