• ट्रेण्डिङ्ग :
राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा

राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा


  • 7.9K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा

    काठमाडौं,३१ जेठ । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । सरकारले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको हो । उनको ठाउँमा पठाउने तयारी स्वरुप सहसचिव झलकराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयस्रोतका अनुसार, विभागमा विचाराधिन केही मुद्दामा राजनीतिक दवाव परेपछि उनी आफैं विभागबाट सरुवा हुन पहल गरेका थिए । त्यसपछि ८ महिनामै विभागको महानिर्देशक परिवर्तन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बतायो ।

    पौडेलको पालामा महान्यायाधीवक्ताको असहमतीको बाबजुद बोटलर्स नेपालको कर छली प्रकरणमा मुद्दा दायर भएको थियो । महानिर्देशक पौडेलले विभागबाट विदा हुनुअघि विज्ञप्ति जारी गरेर बहुराष्ट्रिय कम्पनीहरुको पुँजीगत लाभकर छली, नक्कली अन्तःशुल्क स्टिकर, क्रिप्टोकरेन्सी जस्ता कर छलीका विषयमा अनुसन्धान केन्द्रित गरिएको जनाए । उनले विभागमा संस्थागत सुधारका क्रममा डिजिटल फरेन्सिक ल्याबको समेत सहयोगमा अनुसन्धानलाई बलियो बनाउन खोजिएको दावी गरेका छन् ।

    विभागले ८ महिनाको अवधिमा ६९ वटा मुद्दा दायर गरेको छ । त्यसमा २ सय ३ जना प्रतिवादी छन् । विगो रकम २० अर्ब ६१ करोड रुपैयाँ छ । विदेशी विनिमय अपचलनमा ७८ जनालाई मुद्दा चलाई एक अर्ब १० करोड रुपैयाँ विगो माग दावी भएको छ । विभागले अनुसन्धान सकेका २६ वटा मुद्दा रायका क्रममा सरकारी वकिल कार्यालयमा छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप