• ट्रेण्डिङ्ग :
मुना दयालले घरबेटीविरुद्ध दिएकाे जातीय विभेदकाे जाहेरी दर्ता

मुना दयालले घरबेटीविरुद्ध दिएकाे जातीय विभेदकाे जाहेरी दर्ता


  • 13.6K
    SHARES
    • आषाढ १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 20.9K Views

    मुना दयालले घरबेटीविरुद्ध दिएकाे जातीय विभेदकाे  जाहेरी दर्ता

    काठमाडाैं,१० असार ।  दलित भएकै कारण घरबेटीबाट जातीय भेदभावमा परेकी मुना दयाल भनिने सम्झना विश्वकर्माले घरबेटीविरुद्ध जाहेरी दर्ता गराएकी छन् । बुधबार जाहेरी लिन नमानेको जिल्ला प्रहरी परिसर भक्तपुरले बिहीबार मुनाले घरबेटीकी छोरी कविता रायमाझी, उनकी आमा र बाबुविरुद्ध दिएको जाहेरी दर्ता गराएको हो ।

    images

    प्रहरी निरीक्षक लोकबहादुर जिसीले मुलुकी फौजदारी कार्यविधि संहिता, ०७४ को दफा ४ को उपदफा ९३० बमोजिम जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी कसुर मुद्दा दर्ता भएको जानकारी दिए । बुधबार जाहेरी पत्र लिएर पुगेकी मुनालाई प्रहरीले मुद्दा दर्ता नगरी फर्काएको थियो । फौजदारी मुद्दा भएपनि प्रहरीले पीडकलाई बोलाएर छलफल गर्ने र मिलापत्र गराउने प्रयास गरेको थियो ।

    यस अघि प्रहरीले उक्त जाहेरी लिन मानेकाे थिएन्र । प्रहरीले बुधबार जाहेरी नगरेकाे विषयमा तेस्राे आँखा अनलाइनले समाचार प्रकाशन गरेकाे थियाे ।  मिडियाहरूमा समाचार प्रकाशन भएपछि प्रहरीले मुनालाइ बाेलाएर बिहिबार जाहेरि दर्ता गराएकाे बताइएकाे छ । 

    dddd-2362022022751-1000x0.jpg


    तेस्रो आँखा
    लेखकबाट थप