• ट्रेण्डिङ्ग :
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ


  • 4.0K
    SHARES
    • आषाढ १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.1K Views

    पेस्तोलसहित एक युवक पक्राउ

    काठमाडौं, १५ असार । पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् । 

    images

    जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप