• ट्रेण्डिङ्ग :
राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ र आर्मीका कप्तान भरत खवास अमेरिका प्रस्थान

राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ र आर्मीका कप्तान भरत खवास अमेरिका प्रस्थान


  • 8.6K
    SHARES
    • आषाढ १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ र आर्मीका कप्तान भरत खवास अमेरिका प्रस्थान

    काठमाडौं, १६ असार । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ र त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास प्रतियोगिता खेल्न अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा आयोजना हुने पाँचौ नेप्लिज अमेरिकन कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न भरत र नवयुग  अमेरिका प्रस्थान गरेका हुन् ।

    images


    भरत र नवयुग दुवैले आयोजक लस एन्जलस (एलए) टोलीबाट प्रतियोगिता खेल्नेछन् । प्रतियोगिता बाल्टिमोर एथ्लेटिक क्लबले आयोजना गर्नेछ । नवयुगले एएफसी एसियन कप छनोटमा नेपालको राष्ट्रिय टिमको कप्तानी गरेका थिए । भरत खवास भने हाल राष्ट्रिय टिम बाहिर छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप