• ट्रेण्डिङ्ग :
सिन्धुपाल्चोक जिल्लामा भारी वर्षा उच्च सतर्कता अपनाउन चेतावनी

सिन्धुपाल्चोक जिल्लामा भारी वर्षा उच्च सतर्कता अपनाउन चेतावनी


  • 6.9K
    SHARES
    • आषाढ १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    सिन्धुपाल्चोक जिल्लामा भारी वर्षा उच्च सतर्कता अपनाउन चेतावनी

    सिन्धुपाल्चोक,१८ असार । सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ । 

    images

    महाशाखाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने बताएको छ । विहान १० बजेसम्म ‍अति उच्च सतर्कता अपनाउन चेतावनी समेत दिएको छ ।

    उता झापाको शनिश्चरे, चन्द्रगढी लगायत इलाम र झापाको सीमा आसपास केही स्थानहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ । महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउन भनिएको छ।

     


    तेस्रो आँखा
    लेखकबाट थप