• ट्रेण्डिङ्ग :
लालध्वज लामा हत्या प्रकरणमा चार जनालाई जन्मकैद फैसला

लालध्वज लामा हत्या प्रकरणमा चार जनालाई जन्मकैद फैसला


  • 5.5K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    लालध्वज लामा हत्या प्रकरणमा चार जनालाई जन्मकैद फैसला

    काठमाडाैं,२२ असार ।  बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ । निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी,बन्दना लामा,  ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई  जन्मकैदको सजाय सुनाएको हो ।  

    images

    न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो । २१ असार ०७७ मा अमलेखगंजस्थित ससुराली घरबाट बेपत्ता भएका लालध्वजको सोही असार २८ मा थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा मृत फेला परेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप