• ट्रेण्डिङ्ग :
भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार सङ्क्रमित 

भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार सङ्क्रमित 


  • 5.4K
    SHARES
    • आषाढ २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार सङ्क्रमित 

    नयाँ दिल्ली, २५ असार। भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । 

    images

    योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

    भारतमा पछिल्लो समयमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन् ।  सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप