• ट्रेण्डिङ्ग :
श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै, राष्ट्रपति -प्रधानमन्त्रीमाथि नै सुरक्षा खतरा

श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै, राष्ट्रपति -प्रधानमन्त्रीमाथि नै सुरक्षा खतरा


  • 6.7K
    SHARES
    • आषाढ २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै, राष्ट्रपति -प्रधानमन्त्रीमाथि नै सुरक्षा खतरा

    एजेन्सी, २५ असार ।  श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेराउ गर्न थालेपछि राष्ट्रपति गोताबाया राजापाक्षे सरकारी निवास छाडेर भागेका छन् । यद्यपि उनलाई अज्ञात र सुरक्षित स्थानमा सारिएको बताइएको छ । यससँगै प्रदर्शनकारीहरूको समूहले राजधानी कोलम्बोस्थित उनको निवासलाई लगभग कब्जामा लिएको छ ।

    images

    सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने राष्ट्रपति निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले स्वीमिङ खेल्नुका साथै चिया पिइरहेको दृश्य देखिएको छ ।राष्ट्रपतिको राजीनामा माग गर्दै उठेको प्रदर्शन हिंसात्मक बन्दै गएको हो। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले पुलिस ब्यारिकेडु साथै राष्ट्रपति कार्यालयको गेट तोडफोड गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आन्दोलन यस वर्षको सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक हो ।

    जहाँ प्रदर्शनकारीहरूले श्रीलंकाको राष्ट्रिय झण्डा प्रदर्शन गर्नुका साथै राष्ट्रपति सरकार विरोधी ब्यानर देखाएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रदर्शन रोकिएको छैन । सेना र प्रहरीले भीड नियन्त्रणमा लिन संयुक्त रुपमा प्रयास गरे पनि भीड अनियन्त्रित बन्दै गएको छ । यस क्रममा सुरक्षाकर्मीले थुप्रै अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायर पनि गरेको छ ।

    प्रहरीले कर्फ्यू लगाए पनि प्रदर्शनकारीहरू त्यसको अवज्ञा गर्दै सडकमा उत्रिएका हुन् ।  यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले सबै राजनीतिक दलका नेताहरूलाई आकस्मिक बैठक बोलाएका छन् । साथै उनले विज्ञप्ति जारी गर्दै संसद बैठक बोलाउन पनि सभामुखलाई आग्रह गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रधानमन्त्री विक्रमासिंघे पनि शनिबार नै सुरक्षित स्थानतर्फ स्थानान्तरण भएको रोयटर्सले जनाएको छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप