• ट्रेण्डिङ्ग :
विपद्का जाेखिम न्यूनिकरणका लागि तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा

विपद्का जाेखिम न्यूनिकरणका लागि तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा


  • 7.9K
    SHARES
    • आषाढ २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    विपद्का  जाेखिम न्यूनिकरणका लागि तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा

    काठमाडाैं,२८ असार । वर्षायाममा हुनसक्ने सम्भावित विपद्का जोखिमलाई ख्याल गर्दै रसुवामा उद्वारकार्यका लागि तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएकोे छ । विपद्पछि छिटो–छरितो तवरले उद्वार गर्न  विपद् प्रतिकार्य निर्देशिका पारित एवं पहिलोपङ्क्तिको दक्ष उद्वार जनशक्ति तयार गरिएको हो ।

    images

    प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विपद्को अवस्था सिर्जना भएमा पहिलो पङ्क्तिमा काम गर्ने नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसमेतका ६० भन्दा बढी तालिमप्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । तालिमप्राप्त सुरक्षाकर्मीले पहिलो पङ्क्तिमा र अन्य सुरक्षाकर्मीले दोस्रो पङ्क्तिमा काम गर्ने बताइएको छ ।

    जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी कुन निकायलाई कस्तो ठाउँमा परिचालन गर्ने भन्ने प्रमुख जिल्ला अधिकारीमार्फत पूर्वतयारी भइसकेकोे जनाएको छ । भौगोलिक विकटता एवं वर्षायाममा अधिकांश ग्रामीण सडक बिग्रिएको अवस्थामा समेत उद्वार एवं सुरक्षाका लागि यहाँ कार्यरत सुरक्षाकर्मी छिटोभन्दा छिटो तोकिएको गन्तव्य पुग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

    वर्षायामभर जोखिम क्षेत्रको आसपासमा बसोवास नगर्न, नदी वा खोला किनारमा नजान, विपद्को जोखिम बढ्ने सम्भावना भएमा जिल्ला विपद् व्यवस्थापन समितिलाई सूचना दिई सहयोग गर्न प्रशासनले जिल्लावासीलाई आग्रह समेत गरेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप