• ट्रेण्डिङ्ग :
बाबुरामले पार्टी फुटाउने षड्यन्त्र गरेकोले कारबाही गरिएको उपेन्द्र यादवको भनाइ

बाबुरामले पार्टी फुटाउने षड्यन्त्र गरेकोले कारबाही गरिएको उपेन्द्र यादवको भनाइ


  • 7.0K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    बाबुरामले पार्टी फुटाउने षड्यन्त्र गरेकोले कारबाही गरिएको उपेन्द्र यादवको भनाइ

    काठमाडौं, ३१ असार। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईले पार्टी फुटाउने षड्यन्त्र गरेकोले कारबाही गरिएको बताएका छन्। संघीय परिषद अध्यक्ष रहेका भट्टराईसहित ९ जनालाई जसपाले बिहीबार कारबाही गरेको थियो।

    images

    वीरगञ्जमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी हितभन्दा विपरीत काम गरेको पाइएकोले भट्टराई लगायतलाई कारबाही गरिएको बताए। ‘उहाँले पार्टी विभाजन गर्ने गरी जुन षड्यन्त्र गर्नुभयो त्यो पार्टी हितविपरीत थियो। त्यसैले उहाँलाई पद र जिम्मेवारीबाट मुक्त गरिएको हो,’ उनले भने।

    भट्टराई सच्चिएर आए पार्टीमा राख्ने पनि उनले बताएका थिए। भट्टराईलाई साधारण सदस्यबाट पनि हटाइएको हो भन्ने पत्रकारको प्रश्नमा यादवले भने, ‘सच्चिएर आउनुभयो भने बेग्लै कुरा तर अब उहाँ अर्को पार्टी खोल्नेतिर लाग्नुभएको छ। एकै मानिसलाई धेरै पार्टीमा सदस्य बनाउने कुरा त भएन!’

  • सम्बन्धित विषय:

  • # जसपा विवाद

  • तेस्रो आँखा
    लेखकबाट थप