• ट्रेण्डिङ्ग :
आईजीपी नियुक्ति प्रकरण: विश्वराज पोखरेलको रिट सर्वोच्चद्वारा खारेज

आईजीपी नियुक्ति प्रकरण: विश्वराज पोखरेलको रिट सर्वोच्चद्वारा खारेज


  • 6.1K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    आईजीपी नियुक्ति प्रकरण: विश्वराज पोखरेलको रिट सर्वोच्चद्वारा खारेज

    काठमाडौं, ३१ असार। प्रहरी महानिरीक्षकमा आफूलाई नियुक्ति गरिपाउँ भनेर सर्वोच्च अदालतमा रिट दायर गरेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज भएको छ ।

    images

    सर्वोच्च अदलतका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले पोखरेलको रिट खारेज गरेको हो । सर्वोच्च अदालतले शुक्रबार पोखरेलको रिट खारेज गरेको हो । पोखरेलसँगै आईजीपी नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरिएको छ ।

    आईजीपीमा सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै एआईजी पोखरेल रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । आईजीपीमा सिंहको नियुक्ति भएपछि उनी आफ्नो ड्युटीमा पनि गएका थिएनन् । उनी साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

  • सम्बन्धित विषय:

  • # आईजीपी नियुक्ति प्रकरण

  • तेस्रो आँखा
    लेखकबाट थप