• ट्रेण्डिङ्ग :
झापामा रूखमा झुण्डिएको अवस्थामा फेला परेका तीन किशोरीकाे शव परीक्षणका लागि धरान पठाइयो

झापामा रूखमा झुण्डिएको अवस्थामा फेला परेका तीन किशोरीकाे शव परीक्षणका लागि धरान पठाइयो


  • 4.6K
    SHARES
    • श्रावण ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    झापामा रूखमा झुण्डिएको अवस्थामा फेला परेका तीन किशोरीकाे शव परीक्षणका लागि धरान पठाइयो

    झापा, ८ साउन । झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा झुण्डिएको अवस्थामा मृत भेटिएका ३ जना किशोरीको शव परीक्षणका लागि अस्पतालमा पठाइएको छ । शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको झापाका एसपी विश्वमणि पोखरेलले बताए ।

    images

    आइतबार बिहान सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । स्थानीय देउनिया खोला किनारको बयरको रुखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा रहेका शव प्रहरीले निकालेर परीक्षणका लागि पठाएको छ ।

    कचनकवलस्थित बलेगाउँ घर भएका पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना पढाइ छाडेर चिया बगानमा मजदुरी गर्दै आएका थिए । 


    तेस्रो आँखा
    लेखकबाट थप