• ट्रेण्डिङ्ग :
द्रौपदी मुर्मुले आज राष्ट्रपतिको सपथ लिँदै

द्रौपदी मुर्मुले आज राष्ट्रपतिको सपथ लिँदै


  • 5.0K
    SHARES
    • श्रावण ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    द्रौपदी मुर्मुले आज राष्ट्रपतिको सपथ लिँदै
    नयाँ दिल्ली, ९ साउन । भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनियताको सपथ लिँदैछिन् । मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनियताको सपथ लिनेछिन् । 

    प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराउनेछन् ।  सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नेछन् ।
    त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान ९ः४२ बजे राष्ट्रपति भवनको प्रांगणमा हुनेछ । तर, पानी परेमा सो कार्यक्रम स्थगित हुने सपथ कार्यक्रमको तालिकामा उल्लेख छ ।
    ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन् । एजेन्सी

    images

  • सम्बन्धित विषय:

  • # द्रौपदी मुर्मु

  • तेस्रो आँखा