• ट्रेण्डिङ्ग :
ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु


  • 5.4K
    SHARES
    • श्रावण ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

    ललितपुर, ९ साउन ।  ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छिन् । 

    images

    दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भई ललितपुरकै झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । 

    घाइते भएकी स्कुटरमा पछाडी सवार ललितपुर धोबिघाट बस्ने २३ बर्षकै सकुन्तला घर्तिको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

    दुर्घटना पश्चात् जिप सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी बृत्त सातदोबाटोले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जिप चालक फरार

  • तेस्रो आँखा