• ट्रेण्डिङ्ग :
तुलसीपुरमा नदीमा डुबेर एक बालकको मृत्यु

तुलसीपुरमा नदीमा डुबेर एक बालकको मृत्यु


  • 404
    SHARES
    • कार्तिक २५, २०८३ मंगलबार
    • २६ मिनेट अघि
    • 621 Views

    तुलसीपुरमा नदीमा डुबेर एक बालकको मृत्यु

    दाङ, कात्तिक २४  गते ।  राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

    images

    तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी  रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा आज बिहान ११ः०० बजे नुहाउने क्रममा डुबेका थिए । नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

    मृतक बालकको शव हाल लमही अस्पतालमा राखिएको छ । रासस  


    तेस्रो आँखा