काठमाडौं, ९ साउन। तीनकुने गैह्रीगाउँस्थित स्काइ वर्ल्ड कल सेन्टरमा प्रहरीले छापा मारेको छ। प्रहरीले अवैध गतिविधि गरेको आशंकामा छापा मारेको हो। त्यहाँ २ हजार बढी युवायुवतीहरु काम गर्दै आएको पाइएको छ।
प्रहरीले छापा मारेपछि ती युवायुवती बाहिर निस्केका छन्। व्यवस्थापन पक्षसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ। कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको थियो। वैद्य अर्गनाइजेसनको घर भाडामा लिएर कल सेन्टर सञ्चालनमा छ।
आइतबार भैरहवाको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित रहेको ब्लु स्काइ विजनेश सोलुसन प्रालि नामक कल सेन्टरमा प्रहरीले छापा मारेको थियो। छापा मार्नेक्रममा प्रहरीले एकजना भारतीयसहित ९ जना ’टिम लिडरहरू’लाई पक्राउ गरेको थियो।
