काठमाडौँ, कात्तिक १९ गते । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपियाँले बढेको छ । चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपियाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ९०० रुपियाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९२० रुपियाँ पुगेको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपियाँ र चाँदी तीन हजार ६५५ रुपियाँमा कारोबार भएको थियो।
