सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 846
    SHARES
    • कार्तिक १६, २०८३ आइतबार
    • २० घण्टा अघि
    • 1.3K Views

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ, कात्तिक १५ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा आठ हजार ३०० रुपियाँ र चाँदीको मूल्य १७५ रुपियाँले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७२ हजार रुपियाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ६५० रुपियाँ निर्धारण भएको छ ।

    गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपियाँ र चाँदी तीन हजार ८२५ रुपियाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा