काठमाडौँ, कात्तिक १८ गते । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपियाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला २० रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ६५५ रुपियाँ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार रुपियाँ र चाँदी तीन हजार ६७५ रुपियाँमा कारोबार भएको थियो ।
