दाङ १० साउन । दाङमा पाँच बर्षिया बालिका माथि यौन दुरव्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
दाङको देउखुरीमा रहेको स्टार समिट बोडिङ स्कुलकी विद्यार्थीलाई यौन दुर्वेवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन् ।
राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित स्टार समिट बोडिङ स्कुलमा कार्यरत ५० बर्षिय शिक्षक श्यामलाल चौधरीले सोही विद्यालयमा अध्ययनरत पाँच बर्षिया छात्रालाई यौन दुर्वेवहार गरेको आरोपमा प्रहरीले सोमवार पक्राउ गरेको हो ।
बालिकाले नुहाउने क्रममा आमालाई गुप्तांग दुखेको बताएपछि शिक्षकले दुरव्यबाहार गरेको रहस्य खुलेको थियो ।
अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाँले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङ पठाएको छ । अभिभावकको किटानी जाहेरीको आधारमा शिक्षक माथि छानवीन गरेर कानुनी कारबाही गरिने प्रहरीले बताएको छ ।
