• ट्रेण्डिङ्ग :
भारतीय कंग्रेसका चार सांसद निलम्बित

भारतीय कंग्रेसका चार सांसद निलम्बित


  • 5.9K
    SHARES
    • श्रावण १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    भारतीय कंग्रेसका चार सांसद निलम्बित

    नयाँ दिल्ली, १० साउन । मूल्यवृद्धिलाई लिएर सदनभित्र प्लेकार्डसहित विरोध प्रदर्शन गरेको भन्दै भारतीय कांग्रेसका चार सांसदलाई लोकसभाबाट निलम्बन गरिएको छ । अगस्ट १२ मा सकिने वर्खे अधिवेशनसम्मका लागि उनीहरुलाई निलम्बन गरिएको हो ।

    images

    यसअघि सभामुख ओम बिरलाले उनीहरूलाई राम्रो व्यवहार गर्न र विरोध गर्न चाहेमा संसदबाहिर प्लेकार्ड बोक्न चेतावनी दिएका थिए । निलम्बित कांग्रेस सांसदहरूमा मणिकम टैगोर, जोथिमणी, रम्या हरिदास र टीएन प्रथापन छन् ।

    सभामुखको कारबाहीपछि चारै जना सांसद संसद् परिसरमा रहेको महात्मा गान्धीको शालिक नजिक गएर नाराबाजी गरेका थिए ।

    सांसदमाथि गरिएको निलम्बनको कंग्रेसले विरोध गरेको छ । केही सांसदलाई निलम्बन गरेर सरकारले आफ्ना सांसदलाई धम्की दिन खोजेको कांग्रेसले जनाएको छ । ‘हाम्रा सांसदहरूले जनताको लागि महत्त्वपूर्ण मुद्दाहरू उठाउन खोजिरहेका थिए’, कांग्रेसले भन्यो।  एजेन्सी


     

  • सम्बन्धित विषय:

  • # भारतीय कंग्रेस

  • तेस्रो आँखा