• ट्रेण्डिङ्ग :
रामेछापस्थित खिम्ती खोलामा जलसतहले सतर्कता पार गर्‍यो

रामेछापस्थित खिम्ती खोलामा जलसतहले सतर्कता पार गर्‍यो


  • 4.9K
    SHARES
    • श्रावण १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    रामेछापस्थित खिम्ती खोलामा जलसतहले सतर्कता पार गर्‍यो

    काठमाडौं, १० साउन । रामेछापस्थित खिम्ति खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जलमापन केन्द्रमा जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका वासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ ।

    images

    बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जोखिम छ । 

    सोमबार राति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।


    तेस्रो आँखा