काठमाडौं,१० साउन । नयाँ दिल्लीबाट जापान जान लागेकी एक नेपाली महिलालाई सोमबार त्यहाँको अध्यागमनले काठमाडौं फर्काई दिएको छ । बाँकेको कोहलपुर(२ की २२ वर्षीया सपना मल्ललाई त्यहाँको अध्यागमनले नेपाल फर्काइदिएको हो ।
नेपाल एयरलाइन्सले ती महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराले लगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो । बाँकेबाट स्थल मार्ग हुँदै भारत गएकी ती महिला नेपालको बाटो छलेर जापान उड्न लागेकी थिइन् ।
ठगी सम्बन्धी उजुरीपछि मल्लविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
