सुर्खेत, १० साउन । जाजरकोटको बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महतारामाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान आफ्नै निवासमा रहेका वडाध्यक्षमाथि सोही वडाका अविनास नेपाली र टेकेन्द्र नेपालीले टाउकोमा खुकुरी प्रहार गरेका हुन् ।
घाइते वडाअध्यक्षको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष निरौलाले । उनलाई कुटपिट समेत गरिएको छ ।
गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले वडाअध्यक्षमाथिको आक्रमणको निन्दा गरेका छन् ।
