• ट्रेण्डिङ्ग :
ओलीको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ आज

ओलीको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ आज


  • 5.8K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    ओलीको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ आज

    काठमाडौं, ११  साउन। केपी ओली प्रधानमन्त्री रहेको बेलामा भएको ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिट निवेदनहरुमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    images

    संवैधानिक परिषदसम्बन्धी अध्यादेश, संसदीय सुनुवाइबिना भएको नियुक्ति लगायतका विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले बुधबार पेसी तोकेको हो ।

    बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ गर्नेछ । सुनुवाइका लागि चारवटा रिट निवेदन र तीसँग सम्बन्धित थप पाँचवटा पुरक निवेदनहरु पेसीमा परेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप