काठमाडौं, १२ साउन । झापमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
बुधबार साँझ साढे ५ बजे कमल गाउँपालिका–५ स्थित सडकमा बागमती प्रदेश–०३–००१ क २१२ नम्बरको टिपरले ठक्कर दिंदा पाँचथर तुम्बेवा गाउँपालिका–५ का संजिप इम्सङ लिम्बुको मृत्यु भएको हो ।
अन्दाजी १६ वर्षीय संजिवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानाएको छ ।
टिपर चालक मकवानपुरका ३१ वर्षीय सुजन वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
