• ट्रेण्डिङ्ग :
दश अफगान सुरक्षाकर्मीलाई  बाढीले बगायो

दश अफगान सुरक्षाकर्मीलाई  बाढीले बगायो


  • 4.9K
    SHARES
    • श्रावण १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    दश अफगान सुरक्षाकर्मीलाई  बाढीले बगायो

    एजेन्सी, १४ साउन। अविरल वर्षासँगै आएको बाढीमा परी १० जना सुरक्षाकर्मीका ज्यान गएको छ । 
     
    घाज्नी प्रान्तका विपद् व्यवस्थापन एवम् मानवीय मामिला निर्देशक फजलुदिन ओमर हक्कानीका अनुसार प्रान्तको कराबाग जिल्लामा बिहीबार राति परेको भीषण वर्षासँगै सानो खोलामा आएको ठूलो बाढीमा सुरक्षा बलको गाडी फसेपछि उनीहरूको ज्यान गएको हो ।

    images

    उक्त घटनामा अन्य तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । मनसुनी वर्षा र बाढीका कारण हालै अफगानिस्तानमा तीन दर्जनभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ घाइते भएका उनले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप