• ट्रेण्डिङ्ग :
भूकम्पबाट खोटाङमा केही घरमा क्षति, थप विबरण आउँदै

भूकम्पबाट खोटाङमा केही घरमा क्षति, थप विबरण आउँदै


  • 5.3K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    भूकम्पबाट खोटाङमा केही घरमा क्षति,  थप विबरण आउँदै

    खाेटाङ ।  खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ता केन्द्र भएर गएको ६ म्याग्नीच्युडको भूकम्पबाट केही घरमा क्षति पुगेको छ। आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको थियो।

    images

    साकेला-५ का वडाध्यक्ष जीवन न्यौपाने अनुसार‚ मात्तिमबिर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको छ। हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरिएको बताइन्।

    यस्तै, हलेसी तुवाचुङ–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले जानकारी दिए।  प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले हालसम्म मानवीय क्षतिको विवरण नआएको बताए। क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ।

    भूकम्पका कारण स्थानीयवासी अत्तालिँदै घरबाहिर निस्किएका थिए। पराकम्पन आइरहेको छ।

  • सम्बन्धित विषय:

  • # भूकम्पबाट

  • तेस्रो आँखा