• ट्रेण्डिङ्ग :
जिप दुर्घटनामा एकजनाको मृत्यु 

जिप दुर्घटनामा एकजनाको मृत्यु 


  • 5.2K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    जिप दुर्घटनामा एकजनाको मृत्यु 

    मुगु, १५ साउन ।  मुगु र जुम्लाको सिमानामा पर्ने बुलबुले मैपानीमा आइतबार बिहान जिप दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    सुर्खेतदेखि मुगु गमगढी तर्फ आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जिप मुगु र जुम्लाको सिमाना पर्ने बुलबुले मैपानी भन्ने स्थानमा दुर्घटना हुँदा २४ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको र चालक दल बुढा घाइते भएको  प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

    चालक बुढालाई उपचारका लागि जुम्ला लगिएको बताइएको छ । मृतक छायाँनाथ रारा नगरपालिका-२ तलितुम तिरुवाबाडा गाउँका रहेको बताएको छ । उक्त जिपमा रहेका अन्य चार यात्रु भने सकुशल रहेका छन् । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेकाे डीएसपी हमालले बताए । 


    तेस्रो आँखा